Aadarsh-Daily

सर्लाहीमा स्रोत नखुलेको ८ लाख नगदसहित दुई जना पक्राउ

ad-4p

सर्लाही: सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको ८ लाख रुपैयाँ नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ लुकाईछिपी रकम ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

content ad p2

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन्।

content left

भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूलाई शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो। जाँचका क्रममा शरीर खानतलासी गर्दा स्रोत खुल्न नसकेको नगद बरामद भएको प्रहरीले जनाएको छ।

बरामद रकमको वैधानिक स्रोत पुष्टि गर्न नसकेपछि दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

सीमा क्षेत्रमा हुने अवैध वित्तीय कारोबार तथा हुन्डी नियन्त्रणका लागि प्रहरीले निगरानी कडा बनाइरहेका बेला यो उपलब्धि हासिल भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily