Aadarsh-Daily

उच्च पदस्थको सम्पत्ति छानबिन र भदौ २३–२४ घटनामा अध्ययन समिति गठन

ad-4p

सरकारले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन तथा भदौ २३–२४ का घटनासम्बन्धी अध्ययनका लागि दुई छुट्टाछुट्टै समिति गठन गरेको छ।

content ad p2
content left

मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ। उक्त आयोगले पछिल्लो दुई दशकयता सार्वजनिक पदमा रहेका व्यक्तिहरू र उनीहरूको परिवारको नाममा रहेको सम्पत्तिको स्रोत तथा वैधताको छानबिन गर्नेछ।

त्यसैगरी, भदौ २३–२४ का घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्रको अध्ययन गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ।

सरकारले दुवै समितिबाट प्राप्त सुझावका आधारमा आवश्यक कानुनी तथा नीतिगत प्रक्रिया अघि बढाउने जनाएको छ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily