Aadarsh-Daily

मधेसका पालिकामा प्रशासनिक संकट, अधिकृत नटिक्दा निमित्तकै भर

ad-4p

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ उपसचिवको सरुवा गरे पनि मधेसका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभावको समस्या अझै समाधान हुन सकेको छैन।

content ad p2
content left

पर्साको पोखरिया र बहुदरमाई, बाराको सिम्रौनगढ र पचरौता, रौतहटको कटहरिया, सर्लाहीका बलरा र मलङ्गवा तथा महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रशासन अझै निमित्तकै भरमा चलिरहेको अवस्था छ।

सरकारले पटक–पटक अधिकृत खटाए पनि उनीहरू लामो समय टिक्न नसकी छिट्टै सरुवा माग्ने प्रवृत्ति देखिएको छ। जनप्रतिनिधिको हस्तक्षेप, कार्यालयको अव्यवस्था र विगतका निर्णयसँग जोडिएको कानुनी जोखिमका कारण कर्मचारीहरू असुरक्षित महसुस गर्ने गरेको स्रोतको भनाइ छ।

यस अवस्थाले ती पालिकामा आर्थिक अनुशासन कमजोर बन्दै बेरुजू बढ्ने क्रम देखिएको छ। नयाँ सरकारबाट निजामती प्रशासन सुधारको अपेक्षा बढिरहेका बेला यो समस्या अझै चुनौतीकै रूपमा रहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily