Aadarsh-Daily

एकटाङ्गास्थित निर्माणाधीन तिलाबे पुल निर्माण पुनः सुरु, ४ वर्षे ढिलाइपछि काम तीव्र

ad-4p
content left

पर्साको पर्सागढी नगरपालिका–९ एकटाङ्गास्थित निर्माणाधीन तिलाबे पुलको निर्माण कार्य पुनः सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडा र निर्माण कम्पनीबीच समन्वय भएपछि लामो समयदेखि रोकिएको काम अघि बढाइएको हो।

निर्माण कम्पनीका अनुसार संशोधित डिजाइन ड्रइङ स्वीकृतिमा मात्रै करिब ४ वर्ष ढिलाइ हुँदा परियोजना गम्भीर रूपमा प्रभावित भएको थियो। साथै, निर्माण कम्पनीलाई दिनुपर्ने भुक्तानीमा समेत करिब ३ वर्षसम्म ढिलाइ हुँदा कामको गति सुस्त बनेको जनाइएको छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ तथा ठेक्का सम्झौताका दफा ४८ र ४९ अनुसार बिल पेश गरेको ३० दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था भए पनि समयमै रकम नपाउँदा श्रमिक परिचालन, निर्माण सामग्री आपूर्ति र उपकरण व्यवस्थापनमा समस्या आएको निर्माण व्यवसायीले बताएका छन्।

यसबीच, परियोजना स्थलमा स्थानीय अवरोध तथा पुल नजिकै निर्माण गरिएको हेडवर्क संरचनाले समेत काममा थप बाधा पुर्‍याएको उल्लेख गरिएको छ। निर्माण पक्षले यी समस्याबारे सम्बन्धित निकायलाई लिखित जानकारी गराइसकेको जनाएको छ।

यद्यपि विभिन्न समस्याका बाबजुद पुलको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। बाँकी कामलाई तीव्रता दिँदै आगामी असार २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

स्थानीयवासीहरूले पुल छिटो सम्पन्न गर्न माग गर्दै आएका छन्। उनीहरूका अनुसार पुल निर्माण भएपछि ग्रामीण क्षेत्रको आवागमन सहज हुने, कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहज हुने तथा आपतकालीन अवस्थामा जोखिमपूर्ण लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily