
जनमत पार्टी पर्साले शहनवाज राकिलाई जिल्ला प्रवक्तामा नियुक्त गरेको छ।

पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जारी गरेको पत्रमार्फत राकिलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
पत्रमा पार्टीप्रतिको योगदान, लगनशीलता र सक्रियताको मूल्यांकन गर्दै उनलाई प्रवक्तामा नियुक्त गरिएको उल्लेख छ। प्रवक्ताको जिम्मेवारीअन्तर्गत पार्टीका विचार, नीति तथा सार्वजनिक गतिविधिबारे आमजनता र सञ्चारमाध्यमलाई आधिकारिक जानकारी गराउने उल्लेख गरिएको छ।
अध्यक्ष सर्राफले राकिको कार्यकाल सफल र प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन्।

