
बाराको पचरौता नगरपालिका–६ मा प्रहरीले ५५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका पचरौता नगरपालिका–३, रामनगर टोलका ४५ वर्षीय राजकिशोर प्रसाद यादवलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त परिमाणमा गाँजा फेला पारेको जनाएको छ। पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

