
प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई राजनीतिक दबाव र व्यक्तिगत स्वार्थबाट टाढा रही निष्पक्ष रूपमा काम गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान र प्रचलित कानुनको पालना गर्दै कानूनको शासन कायम गर्न आग्रह गरे।
झन्डै १६ महिनाको तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै उनले पेशागत मर्यादा, नैतिकता र जिम्मेवारीप्रति प्रतिबद्ध रहनुपर्नेमा जोड दिए। बदलिँदो अपराधको स्वरूपअनुसार अनुसन्धानलाई वैज्ञानिक, निष्पक्ष र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले नागरिकको जीउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी निर्वाहमा कुनै सम्झौता नगर्न आग्रह गर्दै प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।

