Aadarsh-Daily

पटेर्वा सुगौली गाउँपालिकामा आगलागी हुदा ६ लाख बराबरको क्षति

ad-4p
content left

वीरगंज-पर्साको पटेर्वा सुगौली गाउँपालिकामा आगलागी हुदा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३ देकुली निवासी बृजलाल दास थारुको गोठघरमा आगलागी हुदा गोठघरमा रहेको सर(समान जलेर नष्ट हुनुको साथै २ वटा भैसी जलेर घाईते हुदा ६ लाख बराबरको क्षति हो ।

content ad p2

प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक सर्फलाल यादवले दिनुभएको जानकारी अनुसार लामखुट्टे धपाउनको लागी बालिएको घुरबाट आगो सल्किएर गोठघरमा आगलागी भएको हो । शनिबार मध्यराति १२ बजे आलेगेको आगो स्थानीय बासि र प्रहरीको सहयोगमा आईतबार बिहान २ बजे नियन्त्रणमा लिएको प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिनुभयो । आगलागीमा मानबिय क्षति नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily