Aadarsh-Daily

बिरगंज बजारमा मुखै रसाउने तर जहरिला आँपको बिगबिगी

ad-4p

आँपको भण्डार समेत रहेको मधेश प्रदेशको शहरहरुमा अहिले जता देख्यो उतै आप देखिन्छ । सडक पेटी छेउछाउका फुटपाते व्यवसायी देखि होलसेल फलफुल मन्डीमा पनि अहिले व्यापक आँपकै व्यापार छ । तर बोटमा पाक्ने सिजन भन्दा अगाडि नै विक्रि हुने यि आँप खान लायक छ त ?
तराई मधेशमा भण्डार नै रहेको फलको राजा आँपको अहिले सिजन चलिरहेको छ । नेपाल को आर्थिक राजधानी बिरगंजमा मात्र होइन यहाँका मुख्य शहर बजार देखि ग्रामिन चौक र हाटबजारमा समेत अहिले व्यापक आँपको विक्रि भइरहेको छ । तर अहिले पाइने गरेको आँप अपुर्ण स्वादिष्ट मात्र होइन स्वास्थ्यकै लागि हानिकारक पनि छ ।
वरिष्ठ फिजिसियन डा. रमण मिश्रका अनुसार समय अगावै कार्वाइड सहितका विभिन्न विषादीहरु छरेर तयार गरिने यस्ता आँपहरु शरिरमा अल्पकालिन मात्र होइन दिर्घकालिन रुपमै असर गर्ने गर्दछ । तत्काल बान्ता हुने, टाउको दुख्ने समस्या देखिन सक्ने र नभएपनि यस्ता आँपको प्रयोगले स्नायु, मानसिक सहितका समस्याहरु निम्त्याउने चिकित्सकको भनाई छ । विषादी प्रयोग भएका आँप हानिकारक रहेको थाहा हुदा हुदै पनि सर्वसाधारणले सहजै आँप किनेर प्रयोग गरिरहेका छन् !
वास्तवमा रुखमा प्राकृतीक रुपमै आँप पाक्ने समय जेष्ठको अन्तिम सप्ताह र असारमा मात्र हो तर व्यापारको बयग्रता र प्रतिस्पर्धी बजारको मांग अनुसार आँप बैशाख सुरु हुने वितिकै विक्रि हुन थालेको छ । यस अघि कार्वाइड हालेर चारपाँच दिनमा पकाउने आपलाई अहिले किपोन नामक विषादी स्प्रे गरि एक दुई दिनमै पकान्छ । यस स्प्रेले आँप मात्र पकाउदैन आँपको साइज पोटिलो र खाइलाग्दो रंग पनि दिने हुनाले फुलवारीमै स्प्रे गरि बजारमा पठाउने गरिएको आँपको थोक विक्रेता बिशेश्वर यादव बताउछन् ।

content ad p2
content left

सडक छेउ छाउमा खुद्रा व्यापार गर्ने फुटपाते व्यवसायीहरु एक महिना अगाडि देखि व्यापार सुरु भएको भन्दै दैनिक करिव डेढ सय किलो आँप बेच्ने गरेको र अव बल्ल फाटफुट रुपमा प्राकृतीक रुपमै पाकेको आँप पनि आउन थालेको बताउछन् । अव भारतबाट समेत आँपहरु आयात हुन थालेको व्यवसायीहरु बताउछन् ।

तराई मधेशमा नास्ता, खाना सहित व्यापाक रुपमा प्रयोग हुने आँप विषादी युक्त हुनु स्वास्थ्यमै चरम लापरवाही हो । खुल्लेआम यस्ता आँप विक्रि वितरण भएपनि कुनै पनि रोकटोक र अनुगमण नहुनुले राज्य नागरिकको स्वास्थ्य प्रति कति गम्भिर छ भन्ने प्रष्ट हुन्छ ।

सम्बन्धित खबर

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको सह–कोषाध्यक्षमा डा. विवेक यादव निर्वाचित

Aadarsh Daily

एचआईभी / एड्स संक्रमणमा पर्सा अगाडि

Aadarsh Daily

स्वास्थ्य चौकीलाई सामग्री प्रदान

Aadarsh Daily