Aadarsh-Daily

अनामनगरको सुनचादि पसल लुट्न खोज्ने एक जना वीरगञ्जबाट पक्राउ

ad-4p

वीरगञ्ज – काठमाण्डौको अनामनगरमा रहेको सुन पसल लुटपाट घटनामा संलग्न एक जना वीरगञ्जबाट समातिएका छन् ।वडा प्रहरी कार्यालय विर्ताले शंकराचार्य गेट पार गर्नै लागेका बेला घटनामा संलग्न एक जनालाई पक्राउ गर्न सफल भएको हो ।अनामनगरमा रहेको सुन पसल लुटपाट गर्ने कार्यमा संलग्न रहेका व्यक्ति वीरगञ्ज हुँदै भारत भाग्ने सम्भावना रहेको भनेर काठमाण्डौबाट हुलियासहित खबर आयो । हामी चनाखो भएर बसेका थियौँ,’ वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल भन्छन्, ‘सोमबार दिउँसो शंकराचार्य गेट कट्नै लागेका बेला उनलाई नियन्त्रणमा लिन सक्यौँ ।’ ‘एकैछिन पहिचान गर्न नसकेको भए घटनामा संलग्न भारत छिर्ने थियो, तर समयमै हामीले हुलिया पहिचान गरेर ती व्यक्तिलाई नियन्त्रणमा लिइहाल्यौ, उनले भने ।

content ad p2
content left

पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्लाका ३० वर्षीय सुनिल रजाक हुन् ।
बा ६६ प ७२८६ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका उनको साथबाट प्रहरीले सात हजार रुपैयाँ पनि बरामद गरेको छ ।

यसरी बनाइएकाे थियाे प्वाल ।

अनामनगरमा रहेको श्री मनकामना सुनचाँदी तथा गरगहना पसल सँगै टाँसिएको पानपसलको भित्ता फोडेर भित्र पस्ने प्वाल बनाएर लुटपाट गर्न खोजिएको थियो । तर भित्र पसेर सुनचाँदी भने लुट्न भ्याएको रहेनछ ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले पान पसल सञ्चालक भारतको बिहार मोतिहारी जिल्लाका २३ वर्षीय सन्दिप जैसवाललाई सोमबार बिहानै पक्राउ गर्यो ।

जैसवालको बयानका आधारमा पसलमै काम गर्ने कामदार भारतको रक्सौल भर भएका २१ वर्षीय राहुल सर्राफ घटनाको योजनाकार रहेको खुल्यो ।
जैसवाल दुई महिनादेखि पान पसलमा काम गर्दै आएका थिए।

सर्राफलाई पान पसलका सञ्चालक जैसवालले सामान किन्नको लागि ६० हजार रुपैयाँ दिएका थिए । उनले जैसवालको बा ६६ प ७२८६ नम्बरको बाइक पनि चलाउने गर्दथे । राहुल पैसा लिएर फरार छन् ।
वीरगञ्जबाट पक्राउ परेका सुनिल रजाकलाई राहुलले नै पैसा दिएर मोटरसाइकल सीमा पार गर्न लगाएको खुलेको छ ।

सम्बन्धित खबर

जसपा नेपालका नेताहरूलाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री प्रदीप यादव को विस्फोटक टिप्पणी—‘कांग्रेस लास र दासको पार्टी बनिसक्यो, अब देश जोगाउने जिम्मा एमालेको काँधमा’

Aadarsh Daily

प्रदीप यादवको अभियानले विपक्षी चकित, वडाध्यक्ष रौनियार एमालेमा प्रवेश

Aadarsh Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Aadarsh Daily