Aadarsh-Daily

धोरेमा अनैतिक सम्बन्धका कारण कुटपिट हुदाँ एक जनाको मृत्यु

ad-4p
content left

पकाहाँमैनपुर । कुटपिटबाट धोरेमा एक जनाको ज्यान गएको छ । पकाहाँमैनपुर गाउँपालिका वडा नम्बर १ धोरे बस्ने अन्दाजी बर्ष ६५ को दशई महारा चमारको ज्यान गएको हो ।
पकाहाँमैनपुर गाउँपालिका वडा नम्बर १ धोरे बस्ने बर्ष ६५ को महेश महारा चमार , उनका बर्ष ५२ की  श्रीमती रम्भा देवी , छोरी बर्ष २५ की  मिना देवी , बर्ष १८ की बबिता कुमारी र छिपहरमाई गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी बर्ष  ३२ को  ज्वाई अर्जुन रामको कुटाईबाट ज्यान गएको प्रहरी चौकी धोरेले जनाएको छ ।
मृतक र अभियुक्त बिच गत जेठ २९ गते राती  अनैतिक सम्बन्ध लाई लिएर दूई घर बिच वादविवाद भएको थियो । सोही वादविवादलाई लिएर फेरी राती वादविवाद हुदाँ सोही क्रममा महेश महारा चमारको पक्षले कुटपिट गर्दा दशई महारा चमारको मृत्यु भएको हो ।
कुटपिट गर्ने ब्यक्ति मध्ये ३ जनालाई नियन्त्रणमा लिईएको र २ जना फरार रहेको प्रहरी चौकी धोरेले जनाएको छ । नियन्त्रणमा लिईएका रम्भा देवी , मिना देवी , अर्जुन रामलाई थप अनुसन्धानका लागी ईलाका प्रहरी कर्यालय पोखरीया पठाइएको र फरार रहेका महेश महारा चमार र बबिता कुमारीको खोजी भईरहेको प्रहरी चौकी धोरेले जनाएको छ ।
घटना बारे जानकारी पाए लगत्तै प्रहरी चौकी धोरेबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको थियो ।

content ad p2

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily