Aadarsh-Daily

प्याब्सन पर्साद्वारा आयोजित कार्यक्रममा ५१ जनाले गरे रक्तदान

ad-4p

वीरगञ्ज, ४ असार । वीरगञ्जस्थित रक्त सञ्चार केन्द्रमा देखिएको रगतको अभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

content ad p2

स्थानीय तह निर्वाचनको कारण पर्याप्त रक्दान कार्यक्रमहरु नभएपछि रक्त सञ्चार केन्द्रमा देखिएको रगत अभावलाई परिपूर्ति गर्न आफ्नो सामाजिक उत्तर दायित्वलाई निर्वाह गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 

रक्त सञ्चार केन्द्रसँगको सहकार्यमा प्याब्सनले आयोजना गरेको कार्यक्रममा ५१ पोका रगत सङ्कलन भएको संस्थाको वीरगञ्ज शाखाका अध्यक्ष आलोक कुमार चौरसियाले जानकारी दिए । कार्यक्रममा ६ जना महिलाले पनि रक्तदान गरेको चौरसियाले बताए ।

content left

यहाँस्थित युनिटी फुड कोर्टमा गरिएको रक्तदानमा चौरसियाले पहिलो रक्तदान गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।

कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक विकास महाशाखाका प्रमुख अरविन्द लाल कर्णले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा सम्पूर्ण रक्तदाताहरु प्रति प्रसन्नता व्यक्त गरे। रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए । 

प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल, वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, युवा नेता ओमप्रकाश सर्राफ, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, प्याब्सन केन्द्रिय सदस्य छेडुप लामा, मधेश प्रदेश उपाध्यक्ष श्याम केसी, सल्लाहकारद्वय मनि पाख्रिन र लालबाबुु पटेल, जिल्ला उपाध्यक्ष शिव गुुप्ता, जिल्ला सचिव राहुुल श्रीवास्तव लगायतको प्याब्सन पर्सा र एनप्याब्सन पर्साका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका सहसचिव विरेन्द्र यादवले गरेका थिए ।

सम्बन्धित खबर

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको सह–कोषाध्यक्षमा डा. विवेक यादव निर्वाचित

Aadarsh Daily

एचआईभी / एड्स संक्रमणमा पर्सा अगाडि

Aadarsh Daily

स्वास्थ्य चौकीलाई सामग्री प्रदान

Aadarsh Daily