Aadarsh-Daily

सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा काठ बरामद

ad-4p
content left

वीरगञ्ज, ८ साउन ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ परसवाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा काठ बरामद गरेको छ ।

content ad p2

परसवास्थित सुरक्षा बेश बेल्वाबाट सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष शाह नेतृत्वमा र सब डिभिजन बन कार्यालय सबैयाबाट बन अधिकृत रामपुकार महतोको नेतृत्वमा खटिएको टोलीले अवैध रुपमा लुकाई छिपाई राखिएको काठ बरामद गरेको हो ।
३ लाख १६ हजार ७ सय ५ रुपैयाँ मूल्य बराबरको झ्याल १३ थान, चौकस ४ थान, २७ थान कडी र ९०.५ क्युबिक फिटको ११ वटा सालको गोलिया बरामद गरिएको पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।
उनका अनुसार बरामद काठ आवश्यक कारवाहीका लागि सब डिभिजन बन कार्यालय सबैयामा बुझाइएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily