Aadarsh-Daily

मंसिर ४ गते हुने निर्वाचनको कार्यतालिका स्वीकृत

ad-4p

वीरगञ्ज, २४ साउन । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

content ad p2

सोमबार बसेको आयोगको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता असोज २३ गते गर्नुपर्ने छ । तर, समानुपातिक उम्मेवारहरुको बन्द सूचि भने असोज २ र ३ गते भित्रै आयोगमा बुझाउनु पर्ने छ ।

content left

उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ ।

बन्द सूचिको प्रयोजनका लागि यहि साउन ३० गतेसम्म कार्यालय स्थापना गरिसक्ने आयोगले जनाएको छ । असोज ११ निर्वाचन अधिकृतहरू नियुक्त गर्ने र असोज २१ भित्र निर्वाचन अधिकृत कार्यालय खोल्ने आयोगको कार्यतालिका रहेको छ ।

कात्तिक २७ मा मतपत्र निर्वाचन क्षेत्रमा पु¥याउने कार्यतालिका रहेको छ । आयोगले आफ्नो तयारीका लागि कार्यतालिका बनाएकाले समानुपातितर्फको बाहेक अन्य कार्यतालिकामा आवश्यकता अनुसार हेरफेर हुनसक्ने पनि जनाइएको छ ।

असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।

सम्बन्धित खबर

जसपा नेपालका नेताहरूलाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री प्रदीप यादव को विस्फोटक टिप्पणी—‘कांग्रेस लास र दासको पार्टी बनिसक्यो, अब देश जोगाउने जिम्मा एमालेको काँधमा’

Aadarsh Daily

प्रदीप यादवको अभियानले विपक्षी चकित, वडाध्यक्ष रौनियार एमालेमा प्रवेश

Aadarsh Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Aadarsh Daily