Aadarsh-Daily

सांसदको उम्मेदवारका लागि एमालेद्वारा पर्सा क्षेत्र न. ३ बाट गुप्ताको एकल नाम सिफारिस

ad-4p

वीरगञ्ज, १६ भदौ ।  पर्साको क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेले राजकुमार गुप्ताको एकल नाम सिफारिस गरेको छ ।

content ad p2
content left

नेकपा एमाले क्षेत्रिय समन्वय समितिको बैठकले संविधान सभा सदस्य गुप्ताको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको हो ।

एमालेका केन्द्रिय सदस्य समेत रहेका गुप्ता २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए ।

तत्कालिन संघिय समाजवादी फोरमबाट हरिनारायण रौनियारले १५ हजार १ सय ६८ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसबाट सुरेन्द्र प्रसाद चौधरीले १३ हजार ८ सय १ मत ल्याएका थिए भने गुप्ता १० हजार ९ सय ८६ मतका साथ तेस्रो स्थानमा रहेका थिए ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily