Aadarsh-Daily

पर्सा २ (ख) बाट प्रदेश सभा सदस्यमा पटेलको दावेदारी

ad-4p

नेपाली कांग्रेस पर्साका निवर्तमान सचिव श्याम पटेलले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने बताएका छन् । विद्यार्थी जीवनबाटै राजनीतिक यात्राको आरम्भ गरेका पटेलले पर्साको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।

content ad p2
content left

कुनै पनि लाभ हुने किसिमका पदमा नरहँदा पनि पार्टीभित्रको सक्रियताका कारण आफु उक्त क्षेत्रबाट नेपाली कांग्रेसको सक्षम उम्मेदवार भएको पटेलको दावी छ ।  संवादमा उनले जनताको आधारभुत आवश्यक्ताहरुलाई परिपुर्ती गर्न सक्ने र जनताको माग बमोजिम गाउँ समाजको विकास गर्ने खुबी आफुमा रहेको जिकिर गरे ।

उनी भन्छन्, “अहिले जो जति लाभ हुने पदमा रहीरहनुभएको छ, उहाँहरुबाट खासै सन्तोषजनक काम केही पनि देखिएन । उहाँहरुभन्दा म राम्रो गर्न सक्छु भन्नेमा म बिश्वस्त छु ।”
पटेल नेपाली कांग्रेस पर्साका निवर्तमान सचिव हुन् भने जिल्ला सभापतिका प्रत्यासी पनि हुन् । ४ सय ३५ मतले पटेल जनार्दन सिंह क्षेत्रीसँग पराजित भएका थिए । क्षेत्रीले १ हजार १ सय १० मत पाउँदा पटेलले ६ सय ४५ मत प्राप्त गरेका थिए ।

सम्बन्धित खबर

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

लिलामका सामान सस्तोमा दिलाउने भन्दै ठगी : वीरगंजबाट प्रवीण पक्राउ

Aadarsh Daily