Aadarsh-Daily

एमाले र जसपा बिच २०-२५ सिटको हाराहारीमा छलफल, आज हस्ताक्षर हुने !

ad-4p

वीरगञ्ज २१ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यका लागि समझदारीपत्रमा आज हस्ताक्षर हुने दाबी गरेका छन् ।

content ad p2
content left

“जसपासँग धेरै अगाडिदेखि छलफल भइरहेको थियो । लगभग सहमति नजिक पुगेको छ । आज हस्ताक्षर हुने गरी मस्यौदा तयार भएको छ,” नेपाली रेडियो नेटवर्कको कार्यक्रममा बस्नेतले भने । जसपासँगको सहकार्यबाट मधेस प्रदेशमा केपी शर्मा ओली निषेध गर्ने प्रयास असफल हुने पनि उनको दाबी छ ।

बस्नेतले भने, “अहिले म ठ्याक्कै सिट भन्ने अवस्थामा छैन । तर २० देखि २५ सिटको हाराहारीमा छलफल भइरहेको छ ।
मधेसका १-२ सिटमा मित्रवत् प्रतिस्पर्धा हुन सक्छ ।” लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्यभन्दा पनि व्यक्ति व्ववस्थापन हुने गरी सहकार्य हुने पनि उनले औंल्याए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily