Aadarsh-Daily

अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रति जनलहर बढदै, पर्सागढी न.पा को कोईलाभारमा भेटघाट कार्यक्रम सम्पन्न।

ad-4p
content left

वीरगन्ज । जसपा एमालेका तर्फबाट पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले अहिले सक्रियता बढाएका छन । अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले भेटघाट मार्फत अहिले सक्रियता बढाएका हुन ।आज पर्सा को पर्सागढी नगरपालिका कोईलाभारमा नगरभरिका सकृए नेता तथा कार्यकर्ता संग भेटघाट छलफल गरेका छन ।उनले सतागठबन्धलाई पराजित गर्न र देशलाई बिकाश तर्फ लग्न जसपा , एमाले सरकारको आवश्यता रहेको भन्दै छाता छापमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन । कार्यक्रममा गाउँबासीहरुले नेपाली कांग्रेसको सरकारले शिक्षा, स्वास्थ्य, कृषि एवं पूर्वधार विकासमा ध्यान नदिई मात्र कार्यकर्ता पालन पोषणमा लागेको आरोप सहित गुनासो गरेका थिए । गाउँबासीहरुको गुनासो सुन्दै नेता सुरेन्द्र कुर्मीले अब आउने चुनावमा जनताको पक्षमा काम गर्न जसपा एमालेलाई मतदान गर्न अनुरोध गरेका थिए । कार्यक्रममा प्रदेस सभा सदस्य पद को उम्मेदवार रामनरेस प्रसाद यादव , क्षेत्रिय अध्यछ कामेस पडित , लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily