Aadarsh-Daily

गरिबी, बेरोजगारी र भ्रष्टाचार विरुद्ध मेरो उम्मेदवारी : अधिबक्ता कुर्मी

ad-4p

वीरगञ्ज १६ कार्तिक । पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा एमाले जसपा गठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो शुरु गरेका छन् । क्षेत्र नम्बर २ को वीरगञ्ज महानगरपालिका वडा नम्बर   को बिन्दवासनी ,बार्वा मा घरदैलो अभियान गरेको हो ।

content ad p2
content left

पर्साको क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र कुर्मीले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर लगायतका टोलका जनताको घरदैलोमा पुगेर कुर्मीले छाता छापमा मतदान गर्न आग्रह गरेका छन् ।
घरदैलोका क्रममा जनतासँग भेटेदै कुर्मीले समाजबाट सबै किसिमका विभेदको अन्त्य गरेर समतामुलक समाज निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गरिबी, बेरोजगारी, भ्रष्टाचार जस्ता बेथितीको विरुद्धमा सशक्त ऐन कानुन निर्माणका लागि आवाज उठाउनुका साथै कानुनको प्रभावकारी कार्यन्वयनमा जोड दिने कुर्मीको योजना छ ।
शिक्षा, स्वास्थ्य, कृषि लगायत भौतिक पूर्वाधार विकासमा सुधार र निर्माण गर्ने एजेण्डा आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily