Aadarsh-Daily

आभार तथा धन्यावाद

ad-4p
content left

सर्वप्रथम आफ्नो अमुल्य मत दिने पर्सा क्षेत्र नम्बर दूईको मतदाता प्रति हार्दिक आभार व्यक्त गर्दै धन्यबाद दिन चहान्छु । उम्मेदवारीको दिन देखि मत परिणाम आउने दिन सम्म मेरो कदममा कदम मिलाई साथ् दिने तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने पार्टी तथा गठबन्धनका सबै नेता , कार्यकर्ता , समर्थक , सहयोगी तथा शुभेच्छुकहरु प्रति आभारी छु । जनता जनार्दनको अभिमतको उच्चसम्मान गर्दै अझ दृढ भई अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । साथै चुनावमा खटिएका सम्पूर्ण राष्ट्र सेवक कर्मचारी तथा सुरक्षाकर्मी साथीहरुलाई ईमान्दारितापूर्वक कार्य सम्पन्न गरेमा धन्याबाद दिन चाहन्छु ।
मैले गरिरहेको राजनीति एउटा अभियान हो खासमा विभेद बिरुद्धको बिद्रोह हो । मधेशी , आदिबासी जनजाति , महिला , मुस्लिम , थारु , पिछडावर्ग , दलित ( शिल्पी ) लगायत उत्पीडित जात जाति , वर्ग र समुदायको [अहिचान , सम्मान , स्वभिमान , र अधिकार प्राप्तिको संघर्ष तथा विविध राष्ट्रियताहरुलाई जिडी समृद्ध राष्ट्रको निर्माण नै मेरो संकल्प हो र त्यस अभियानबाट म कन्चित पनि बिचलित भएको छैन । अझ दृढताका साथ् अगाडी बढ्ने अठोट लिएको छु । पर्सा क्षेत्र नम्बर दुईको मात्रै होईन कि पूरै मधेश र देश भरिका आम जन समुदायलाई निर्भिक भएर आ-आफ्नो ठाउँबाट बेतिथी बिरुद्ध खबरदारी गर्न र आफ्नो हक अधिकार तथा पहिचानको निम्ति सधै सचेत रहन आग्रह गर्दछु ।
अन्तयमा प्रतिनिधी सभा पर्सा क्षेत्र नम्बर (२)मा निर्वाचित हुनु भएका मा. अजय कुमार चौरसिया लाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना गर्दछु ! प्रदेस सांसद मा. रमेश प्रसाद कुर्मी र मा.श्याम पटेल लाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना गर्दछु !साथै देश भरि बिभिन्न क्षेत्रबाट प्रतिनिधी सभा,प्रदेस सभा सदस्यमा निर्वाचित हुने सबै सबै जनप्रतिनिधीज्यूहरू लाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना गर्दछु !
धन्यबाद
अधिबक्ता सुरेन्द्र प्रसाद कुर्मी

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily