Aadarsh-Daily

फागुन मसान्तसम्म सरुवा र पदस्थापन स्थगित

ad-4p

वीरगञ्ज, १ पुष । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित (खरिदार स्तर) का कर्मचारीको सरुवा तथा पदस्थापनको कार्य फागुन मसान्तसम्मका लागि स्थगित गरेको छ ।

content ad p2

लामो समयदेखि सुगम स्थानमा रहेर कामकाज गरिरहेका तर अहिले कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गममा सरुवा भई जाने क्रम बढेसँगै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

लोक सेवा आयोगको वार्षिक कार्य तालिका बमोजिम राजपत्र अनङ्कित खरिदार वा सो सरहका पदमा विज्ञापन प्रकाशित हुने (खुला प्रतिस्पर्धा तथा बढुवा) समयको तत्काल अगाडी लामो समयदेखि सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारीहरू बढुवा प्रयोजनका लागि मात्र दुर्गम सरुवा भई जाने देखिँदै आएको छ ।

content left

यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडी सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसेर सेवा गरिआएका कर्मचारीलाई बढुवा प्रयोजनका लागि मर्का पर्ने भन्दै विभिन्न सरोकारवाला पक्षबाट पनि गुनासो आएपछि मन्त्रालयले यसमा थप कडाइ गरेको हो ।

पछिल्लो केही समययता शक्तिकेन्द्रमा पहुँच भएका तथा ट्रेड युनियन सम्बद्ध पदाधिकारी तथा तिनका आफन्तहरूले यसलाई खेतीकै रूपमा बिस्तार गर्दै गएसँगै सोझा तथा जागिरको अधिकांश समय दुर्गममै बिताएका कर्मचारीहरू मर्कामा पर्दै आएका थिए । निजामतीभित्रका विकृतिहरू अन्त्य गर्दै लैजानु पर्ने माग उठिरहँदा सचिव अर्जुन प्रसाद पोखरेलको यो निर्णय प्रशंसनीय भएको दुर्गमका कर्मचारीको भनाई छ ।

यससँगै अरुबेला सुगममा बसेर अवसर लिने र बढुवाका बेला पनि फुत्त दुर्गममा पुगेर बढुवा लिएसँगै पुनः सुगम हान्निएर तर मार्न पल्केका कर्मचारीहरू निरुत्साहित भई वास्तविक काम गर्ने कर्मचारीहरू राहत हुने विश्वास मन्त्रालयको छ ।

 

 

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily