Aadarsh-Daily

पालिकास्तरीय ३ दिने पूर्व तयारी कार्ययोजना कार्यशाला गोष्ठी कार्यक्रम बहुदरमाई नगरपालिकामा सम्पन्न

ad-4p
content left

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाको कार्यालयमा पालिका स्तरीय ३दिने पूर्व तयारी कार्ययोजना कार्यशाला गोष्ठी कार्यक्रम आज समापन्न भएको छ। बहुदरमाई नगरपालिकाका उप-मेयर सुष्मा कुमारी कुशवाहाको अध्यक्षतामा तथा नगर प्रमुख सिगांसन साह तेली को प्रमुख आतिथ्यतामा पालिका स्तरीय ३दिने पूर्व तयारी कार्ययोजना कार्यशाला गोष्ठी कार्यक्रम समापन्न भएको हो। पालिका स्तरीय कार्यशाला गोष्ठी कार्यक्रममा ३वटा पालिका बहुदरमाई नगरपालिका,पर्सागढी नगरपालिका र बिन्दबासिनी गाउँ पालिका अन्तर्गतका सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।युनिसेफको आर्थिक सहयोग तथा एनसेट को प्राबिधिक सहयोगमा बिपद् ब्यवस्थापन पूर्व तयारी कार्ययोजना पालिका स्तरीय कार्यशाला गोष्ठी कार्यक्रमको प्रशिक्षकमा कमल बिश्वकर्मा,गणेश सुबेदी,गणेश बिश्वकर्मा र पालिका कलेक्टर संयोजक गणेश बिकले प्रध्यापकहरुलाई तिन दिने प्रशिक्षण दिई कार्यक्रमलाई सहजिकरण गरि समापन गर्नु भएको छ।

 

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily