Aadarsh-Daily

 छोरा र ज्वाइँको योजनामा सुटर लगाएर हत्या, ३ जना पक्राउ

ad-4p

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईँको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

content ad p2

गत पुस ९ गते ४० वर्षीय दासको आफ्नै घरमा बसिरहेका बेला गोली प्रहारबाट हत्या भएको थियो । हत्या आरोपमा मृतकका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिकाका रञ्जित यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतले जनाएको छ ।

content left

उनीहरुलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनामा संलग्नको आरोप लागेका भारत बिहारको खजुली बस्ने आकाश भनिने सोनु मिश्रा फरार छन् ।

मृतकका ज्वाइ उदय मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सवारी चालक छन् ।

घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँ मिलेर धानुक दासको हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको दावी छ । धानुक गाउँमा मिस्त्री काम गर्थे ।

यो विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी सार्वजनिक गराउने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily