Aadarsh-Daily

मधेसमा भ्रष्टाचार नियन्त्रण पहिलाे प्राथमिकता: मुख्यमन्त्री यादव

ad-4p

वीरगन्ज ,१२ माघ : मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।बिहीबार बाराको कलैयमा कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको नगर सभागृहको शिलान्यास गर्दै मख्यमन्त्री यादवले भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार कठोर बन्ने पनि बताए ।

content ad p2

उनले भने “मधेस प्रदेश भ्रष्टाचारका कारण अघि बढ्न नसकेको जनगुनासो प्रति गम्भीर ध्यानाकण भएको छ, हामीले मधेसमा सरकारी काम, विकास निर्माण र जनताका काममा हुने गरेका ढिलासुस्तीको अन्त चाहेका छौं ,यस्ता समस्याको अनुगमन गर्न ५ सदस्य कमिटि बनाइ सकेका छौं, उक्त कमिटिले अनुसन्धानको काम गर्ने छ, दोषी पाईएका भ्रष्ट कर्मचारीलाई कडा कार्वाही गरिनेछ ।

content left

मुख्यमन्त्री यादवले विकास निर्माणमा हुने ढिलासुस्तीका समस्या समाधान गर्न खरिद ऐनमै सुधारको काम गर्ने प्रकृया अघि बढेको बताए ।उनले भने , “ पैसामा हैन जस्ले कम समयमा काम सम्पन्न गर्ने गरि ठेक्का प्रकृयामा आउँछ उसैले निर्माणको जिम्मा पाउने छ ,अब योजना निर्माणमा ढिलासुस्ती गर्ने छुट दिईनेछैन” ।

उनले मधेस सरकारले संघ तथा स्थानिय सरकारसँगै मिलेर विकासका काम गर्ने बताए । विकास निर्माणलाई प्रभावकारी ढंगले अगाडी बढाईने बताउँदै मुख्यमन्त्री यादवले पूर्वपश्चिम हुलाकी मार्गले छोएका सदरमुकामबाटै कामको थालनी गर्ने बताए ।

कलैया नगरपालिकाले राष्टिय योजना आयोगको समपुरक बजेटबाट ५ करोड ६० लाख ९५ हजार३८८ रुपैँयाको लागतमा वडा नम्बर १ पन्नाबागमा रामजानकी मन्दिरले प्रदान गरेको १३ कठ्ठा जमिनमा सुविधा सम्पन्न नगरसभा गृह निर्माण गर्न लागेको हो । साहु कन्स्टक्सन रौतहटले आगामी जेष्ठ सम्ममा सभागृहकाे निर्माण प्रथम चारणको काम सम्पन्न गर्ने जिम्मा पाएको छ ।

शिलान्यास कार्यक्रममा बारा क्षेत्र नम्बर १का सांसद अच्युत मैनाली, क्षेत्र नम्बर ४ का सांसद कृष्ण कुमार श्रेष्ठ,संविधानसभा सदस्य प्रमोद गुप्ता, प्रदेशसभा सदस्य मोहम्द समिर लगायतकाले मन्तब्य राखेका थिए ।

 

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily