Aadarsh-Daily

वीरगञ्ज का आसिफले प्राप्त गरे आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

ad-4p

वीरगञ्ज, १३  माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेका छन् ।

content ad p2
content left

आईसीसीले आसिफलाई स्पिरिट अफ क्रिकेट अवार्ड अर्थात् उच्च खेल भावना अवार्ड प्रदान गरेको जनाएको छ ।

गएको वर्ष फागुनमा ओमानमा भएको चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा आयरल्यान्डसँगको खेलमा देखाएको खेल भावनाले आसिफले यो अवार्ड जितेका हुन् ।
आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा मैदानमा लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् । यो खेलमा देखिएको उच्च खेल भावनाको यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा भएको थियो ।

आसिफ वीरगञ्ज निवासी हुन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily