Aadarsh-Daily

वीरगन्जमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

ad-4p

वीरगन्ज,२० फागुन : वीरगन्जमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

content ad p2
content left

मृत्यु हुनेमा पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानी घर भएका ४५ वर्षिय चोकट मुखिया बिन रहेका छन् । घाइते पोखरिया नगरपालिका वडा नम्बर ३ फुलवरिया घर भएका ३९ वर्षिय विश्वजित राउत गिरिको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वीरगन्जबाट पोखरिया जाँदै गरेको ना ४२ १७५९ नम्बरको मोटरसाइकल वीरगन्ज ९ स्थित सडकमा आफै अनियन्त्रित भइ दुर्घटना हुदा त्यसमा सवार बिन र गिरि घाइते भएका थिए ।

घाइते दुवै जनालाई शुरुमा उपचारका लागि पोखरिया अस्पतालमा लगिएकोमा त्यहि उपचारका क्रममा बिनको शुक्रबार राति नै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily