Aadarsh-Daily

सत्तारुढ गठबन्धनको बैठक जारी, मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल चल्दै

ad-4p

वीरगञ्ज, ८ चैत । सत्ता साझेदार दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

content ad p2
content left

बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल गर्ने बताइएको छ ।

सरकारमा सहभागिताको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए ।

 

सरकारमा सहभागिताको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए ।
प्रचण्ड र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा छलफल भएको बताइएको छ । सोमबार संसदबाट दोस्रो पटक विश्वासको मत लिनुभएका प्रधानमन्त्री दाहालले त्यसको भोलिपल्ट देखि नै सरकारलाई पूर्णता दिने तयारी थाल्ने आश्वासन दिएका थिए ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily