Aadarsh-Daily

सांसद यादवले वीरगन्जको नगवामा ३ करोडको लागतमा कृषि बजार निर्माण हुने

ad-4p
content left

वीरगन्ज – वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण गर्न थालिएको छ । पर्सा क्षेत्र नम्बर १ का सांसद एवम् पूर्व मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा किसानहरुले उत्पादन गर्ने कृषि उपज बिक्रीवितरणका लागि नगवामा थोक कृषि बजार निर्माण गर्न थालिएको हो ।

content ad p2

बुधबार पुर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका सांसद यादवले कृषि बजारको शिलान्यास गरेका छन् । त्यस अवसरमा वीरगन्ज महानगरका मेयर सिंह, वडा नम्बर १६ का वडाअध्यक्ष परशुराम चौरसिया लगायतको उपस्थिति थियो । मधेस प्रदेश सरकारले उपलब्ध गराएको ३ करोड रुपैयाँको लागतमा कृषि बजार निर्माण गर्न लागिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरले जानकारी दिए ।

 

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily