Aadarsh-Daily

नेकपा एमाले पर्साको बैठक सम्पन्न, टोल टोलमा संगठन बिस्तार गर्न नेता भट्टराईको निर्देशन

ad-4p
content left

वीरगन्ज: नेकपा एमाले पर्सा जिल्ला कमिटिको बैठक आज सम्पन्न भएको छ । पर्सा जिल्ला संयोजक विश्वम्भर शर्माको अध्यक्षता एवंम एमालेका केन्द्रिय सचिव योगेश भट्टराईको प्रमुख अतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकले बिभिन्न प्रस्ताव माथि छलफल गर्दै असोज २२ र २३ गते पर्सा जिल्ला कमिटीको अधिवेशन गर्ने सर्वसहमतले निर्णय गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले पार्टीसंगै टोल टोलमा जनवर्गिय संगठनहरुको पनि कमिटी बिस्तार गर्न निर्देशन दिनुभयो । उनले आउँदो समयमा स्थानिय, प्रदेश र संघको निर्वाचनमा तल्लो कमिटीको सिफरीसलाई प्राथमिकतामा राखेर पार्टीले निर्णय गर्ने जनकारी दिए । उनले मधेश प्रदेशमा बिभिन्न माध्यमबाट नेकपा एमाले पार्टीको कार्यकार्तालाई डराउने र पार्टी प्रति भर्म फैलाउने कार्य भएतापनि एमाले मधेश प्रदेशको सबभन्दा ठुलो पार्टी बनेको बताउनुभयो । उहाँले देश बिकाश गर्ने पार्टी नै एमाले रहेकोले एमालेलाई मजबुत बनाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा पर्सा ईन्र्चाज अच्युत मैनाली, पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, लगायतकाले धारणा राखेका थिए । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, अरबिन्द सिंह ,निर्मला देवकोटा प्रदेश कमिटी सदस्य बिचारी यादव, शिव पटेल, जयप्रकाश थारु, जिल्ला सचिव मनोज गप्ता, ओविसीका केन्द्रिय उपाध्यक्ष अकलेश साह, नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव शिवजी गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily