Aadarsh-Daily

सांसद यादव र मेयर सिंहले गरे भेडाहा खोला डुबानको स्थलगत अवलोकन

ad-4p

पूर्व मन्त्री एवम् सङ्घीय सांसद प्रदीप यादव र महानगर प्रमुख राजेशमान सिंहले भेडाहा खोलाका कारण डुबानमा परेको वीरगञ्जको वडा नम्बर ३० लालपर्सा, प्रसोतीपुरको स्थलगत निरीक्षण गरेका छन् ।

content ad p2

स्थलगत निरीक्षण गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रमुख सचेतकसमेत रहेका यादवले भेडाहा खोलामा ड्याम लगाए मात्रै डुबानको समस्या समाधान हुने बताए । ड्याम निर्माणका लागि स्थानीयहरूले सहयोग गर्नुपर्ने उनको धारणा थियो ।

content left

ड्याम निर्माणको काम सुरु भए पनि स्थानीय केही व्यक्तिहरूले आफ्नो निहित स्वार्थका लागि विरोध गरेपछि काम प्रभावित भएको वीरगञ्ज महानगरका प्रमुख (मेयर) राजेशमान सिंहले बताए । ‘प्रक्रियागत हिसाबले ड्याम निर्माणको काम सुरु भए पनि जग्गा मुआब्जाको विषयलाई झिकेर केही स्थानीयहरूले अवरोध सृजना गर्दा काम प्रभावित भएको छ,’ मेयर सिंहले सांसद यादवलाई जानकारी गराउँदै भने, ‘समाधानको प्रयास जारी छ । छिट्टै काम सुरु हुन्छ ।

सांसद यादवले पनि विकास निर्माणको काममा कुनै किसिमको अवरोध सृजना नगर्न स्थानीयहरूसँग आग्रह गरे । डुबानले गर्दा बर्सेनि लाखौँको धनमालमा क्षति पुगिरहेको बताउँदै उनले त्यसबाट जोगिन ड्याम निर्माणमा सहयोग गर्न आग्रह गरे ।

अनुगमन पश्चात् मेयर सिंहले तत्कालका लागि पानी निकासाको व्यवस्थापनमा जुट्न महानगरअन्तर्गत मातहतका शाखाहरूलाई निर्देशन दिएका छन् ।

भेडाहा खोलाको बाढी वीरगञ्जको सिर्सिया नदीमा समेत छरिएर आइपुगेको छ । अहिले सिर्सिया नदी पूर्ण रूपमा भरिएको छ ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily