Aadarsh-Daily

पर्सा जिल्ला कै प्रसिद्ध भाथा धाममा विकासको प्याकेज घोषणा गर्न पहल गर्छु : सांसद गुप्ता

ad-4p

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य (सांसद) राजकुमार गुप्ताले जिल्ला कै प्रसिद्ध भाथा धाम मन्दिर पूजा अर्चना गरेका छन् ।

content ad p2

पवित्र महिना साउनमा भाथा धाममा हुने विशेष मेलामा सहभागी भएर सांसद गुप्ताले पूजा अर्चना गरेका हुन् ।

content left

पूजा अर्चनासँगै गुप्ताले मन्दिरको अवलोकन गर्दै स्थलगत निरीक्षण पनि गरेका थिए । निरीक्षणका क्रममा स्थानीय सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने प्रचुर सम्भावना बोकेको मन्दिरका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पर्सा जिल्लाको पहिचानसँग जोडिएको मन्दिरमा राज्यले लगानी नगर्नु दुःखद भएको टिप्पणी गर्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग मन्दिरलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न अपिल पनि गरे । ‘मन्दिरले पर्यटक आकर्षित गर्छ, यसले धर्म र संस्कृति प्रवर्द्धन गर्नुका साथै आर्थिक गतिविधि पनि चलायमान बनाउन सहयोग गर्छ,’ उनले भने, ‘त्यसैले पनि यहाँ राज्यको ध्यान पुग्न आवश्यक छ ।’

भाथा धाममा साउनको महिनामा लाग्ने मेलामा मात्रै लाखौँ धार्मिक पर्यटकहरूले भ्रमण गर्ने गरेका छन् ।

 

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily