Aadarsh-Daily

वीरगञ्जमा निकालियो बृहत् सद्भाव र्‍याली

ad-4p

वीरगञ्ज । वीरगञ्जमा बृहत सद्भाव र्‍याली निकालिएको छ । सदियौँदेखि एकताबद्ध भएर बसेका वीरगञ्जवासीलाई विभाजित गर्ने मनसायका साथ केही तत्त्वहरू सक्रिय भएको भन्दै वीरगञ्जमा बृहत् सद्भाव र्‍याली निकालिएको हो ।

content ad p2

वीरगञ्ज महानगरपालिकाको आयोजना र स्थानीय युवाहरूको सक्रियतामा वीरगञ्जको आदर्शनगरस्थित स्विमीङ् पुलबाट सुरु भएको र्‍यालीले वीरगञ्ज बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कोणसभामा परिणत भएको थियो ।

content left

कोणसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सामाजिक सद्भावलाई कायम गरेर समाजलाई विद्रोह हुनुबाट बचाउनुपर्नेमा जोड दिए । धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भाँड्ने काम नगर्न उनले सुझाव दिए । आफू यहाँकै जनताको मतबाट दुई पटक सांसदमा निर्वाचित हुँदासम्म कहिल्यै पनि धार्मिक विभेद नभएको बताउँदै उनले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेका उच्छृङ्खल गतिविधिको भर्त्सना गरे ।
धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरूदेखि वीरगञ्जवासी सचेत छन् भन्ने सन्देश प्रवाहका लागि सद्भाव र्‍याली निकालिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । उनले भने, ‘हामी वीरगञ्जवासी एकदम सचेत छौँ र हामी एक आपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्‍यालीबाट दिन खोजेका हौँ ।’

पछिल्लो समयमा धार्मिक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख सिंहले समाजलाई भाँड्ने तत्त्वहरूको पहिचान गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । हिन्दु, मुस्लिमबिच द्वन्द्व गराउने खालका गतिविधिप्रति सचेत रहन आग्रह गर्दै उनले सबै धर्मको लक्ष्य भनेकै समाजमा शान्ति कायम गर्ने भएको धारणा राखे ।

नेकपा एमाले पर्साका संयोजक डा. विसंभर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ति प्रक्रियामा खलल गर्नेहरूलाई कानुनको दायराभित्र ल्याई कारबाही गर्न उनले ध्यानाकर्षण पनि गराए ।
सोही अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाइएको छ । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्भाव बिगार्ने तत्त्वलाई कारबाही गर्नुपर्ने जिकिर गरे । साथै उनले गृह मन्त्रालयमा विज्ञप्ति पठाएर सुरक्षा निकायलाई परिपत्र गर्ने आश्वासन पनि दिएका छन् ।
र्‍यालीमा जसपाका प्रमुख सचेतकसमेत रहेका सांसद यादव, मेयर सिंहसँगै उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशी कपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगञ्ज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टी वीरगञ्ज महानगरका अध्यक्ष मनोज चौधरी लगायत विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्तासँगै हजारौँको सङ्ख्यामा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily