Aadarsh-Daily

आज वीरगन्ज गोल्डकप फुटबलमा पुलिस क्लब र काेलकता भिड्दै

ad-4p

वीरगन्ज गोल्डकप फुटबल’ मा आज साेमबार नेपाल पुलिस क्लब र भारत कोलकताको क्लाइभ हाउस डमडमबिच खेल हुदैछ।

content ad p2

आदर्शनगर रंगशालामा यी दुईबिचकाे खेल दिउँसाे २.३० बजे सुरु हुने आयाेजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए।

content left

यसअघि आइतबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४-० गाेलले सहजै पाखा लगाउँदै संकटा क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियाे।

अब फाइनल प्रवेशका लागि संकटाले झापा एफ.सी. र त्रिभुवन आर्मी फुटबल क्लबबिच मंगलबार हुने खेलको विजेता टिमको सामना गर्नेछ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily