Aadarsh-Daily

यातायात व्यवस्था कार्यालयका ५ कर्मचारी भ्रष्टाचार मुद्दामा जेल चलान

ad-4p

भ्रष्टाचार मुद्दामा यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन प्रमुखसहित पाँच जना जेल भएका छन् । राजश्व हिनामिना गरी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएर फरार रहेका ५ जनालाई पक्राउ गरी जेल चलान गरिएको हो ।

content ad p2

सोमबार प्रहरीले तत्कालीन प्रमुख नयराज नेपाल, लेखा प्रमुख मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको थियो ।

content left

उनीहरूलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएर अदालतमार्फत कारागार चलान भएका
विशेष अदालतले ०७९ चैत ८ गते गरेको फैसलाअनुसार भ्रष्टाचार मुद्दामा नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना तोकेको छ।

मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना तोकेको हो ।

कुमारबहादुरको ६ वर्ष कैद र एक करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना तोकेको छ ।

टीकारामको ९ वर्ष कैद, २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोठ ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवाना गरेको छ ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily