
पर्सा १९ बीरगंज। पर्सागढी न.पा. वार्ड नं. १ कोइलाभार टोलमा परालमा लुकाई छिपाई राखेको ७ थान सालको गुलिया बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरी को नेतृत्वमा रहेको गस्ती टोली र प्रहरी चौकी मानव को संयुक्त टोलीले खोजतालाशी गर्दा बरामद गरेको छ।

गरेको छ।
बरामद गरिएको काठलाई आवश्यक कारवाही गर्न को लागि सव डिभिजन बन कार्यालय सखुवनीया मा राखिएको इन्सपेक्टर रामराजा केसरीले बताएका छन।
(७ फिट ४० इन्च – १) (४ फिट ३५ इन्च – २), (४ फिट ३० इन्च – ४)

