Aadarsh-Daily

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त गिरी पक्राऊ

ad-4p

पर्सा प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-१ बस्ने ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् ।

content ad p2
content left

उनलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१ छप्कैयाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनले २०६९ जेठ २ गते राती १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ वर्षीय महिलामाथि करणी गरी फरार रहेको प्रहरीको दाबी छ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily