Aadarsh-Daily

पोखरिया नगरपालिकाले ल्यायो ५१ करोड ९० लाखको बजेट

ad-4p

पर्सा । पर्साको पोखरिया नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९८० को नीति तथा कार्यक्रम सफल पार्न ५१ करोड ९० लाख १४ हजारको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख प्रधुमन चौहानको आदेशमा प्रमुख प्रशासकीय अधिकृत असोक रौनियारले ५१ करोड ९० लाख १४ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरे ।

content ad p2
content left

पोखरिया नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुँजिगत तर्फ २३ करोड १५ लाख तथा चालू खर्च तर्फ २८ करोड ७४ लाखको अनुमानित आय प्रस्ताव गरिएको हो । नगरपालिकाको कुल आन्तरिक श्रोतबाट ७ करोड २५ लाख आम्दनी मात्र देखिएको गरि ५१ करोड ९० लाख १४ हजार सार्वजनिक गरिएको थियो ।

कार्यक्रमको उदघाटन प्रदेश सांसद प्रह्लाद गिरीले गरे । सो अवसरमा उनले बनेकोे नीतिलाई कार्यान्वयन गर्न जरुरी रहेको बताए । नगर प्रमुख प्रधुमन चौहान को अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौहानले पहिलो प्राथमिकता शिक्षा स्वास्थ्य, कृषि, सिचाइलगायत पर्यटन र भौतिक पुर्वाधार विकास रहेको बताए । पोखरियाको टाउन प्लानिंगको समस्यालाई छिटै समधान गर्ने उनले बताए । साथै उनले पोखरिया नगरको विकासको लागि जनप्रतिनिधि र कर्मचारीहरुको सहयोग आवश्यक रहेको बताए । काम गर्ने कर्मचारीहरु लाई पोखरिया नगरपालिकाले प्रोत्साहन स्वरुप पुरस्कृत समेत गर्ने उनले उल्लेख गरे ।

आउने दिनमा जनसमुदाय र राजनीतिकर्मीहरु सँग सल्लाह सुझाव लिएर अगाडि बढ्ने उनले बताए । नीति तथा कार्यक्रममा अन्य पार्टीका बक्ताहरुले पोखरियामा ईलाका प्रसाशन, मालपोत, नापी शाखालगायत का कार्यालयहरु स्थापना गराउन सहयोग गर्ने बताए ।

सम्बन्धित खबर

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily

देउवा समूहको सन्देश: सम्मानजनक व्यवहार नभए बाटो फेरिन्छ

Aadarsh Daily