
वीरगंज -पर्सा क्षेत्र नम्बर ३ का संघिय सांसद हरिनारायण रौनियारको पहलमा ४ सय मिटर सडकको ढलान कार्य सम्पन्न भएको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलमा सांसद रौनियारको पहलमा ४ सय मिटर सडकको ढलान कार्य सम्पन्न भएको छ ।

उक्त ढलान सडकको स्थलगत निरिक्षण गर्न पुग्नु भएको सांसद रौनियारले स्थानीय बासि संग विभिन्न बिषयमा कुराकानी पनि गर्नुभएको छ । यस क्रममा स्थानीय आफ्ना गाउँ टोलमा यस्तै अझ बुकास हुनु पर्ने सांसद रौनियार समक्ष आफ्ना जिज्ञासा राखेका थिए ।
उनीहरुले आफ्ना क्षेत्रका सांसदलाई आफ्नै घरआँगनमा हेर्न पाउदा खुसी भएका थिए । स्थानीयको कुरा सुनिसके पछी सांसद रौनियारले आफुले सक्दो जति बिकास निर्माणका योजना आफ्ना क्षेत्रमा ल्याउने पहल गरिरहेको बताउनुभयो ।
त्यसक्रममा बहुदरमाई नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र यादव र उक्त गाउँका स्थानीय जनताको सहभागिता रहेको हाम्रा सहकर्मी बिशाल यादवले जानकारी दिनुभयो ।

