Aadarsh-Daily

हिन्दूवादी अगुवाहरुको बैठक समपन्न

ad-4p

वीरगञ्ज १२ असार । हिन्दूवादी अगुवाहरुको बृहत बैठक एवम् छलफल कार्यक्रम आज मधेस मीडिया हाउस काठमाडौँको अनामनगर हनुमानथानमा सम्पन भएको छ ।

content ad p2
content left

हिन्दू परिषद् नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले सहजीकारण गरेको कार्यक्रममा सनातन धर्मका अगुवा एवम् अभियन्ताहरु धर्मपाल गुरु वशिष्ठ, दीपक महराज आत्रेय, डा.नारायणचार्य देवबाबा, राममणि दास, श्याम कुमार भट्टराई र किशोर यादव लगायतको सहित सहभागी रहेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले आफ्नो आचरण सनातन धर्म अनुसार हुनु पर्ने, सहभोज कार्यक्रम ब्यापक रूपमा गर्ने, घरायसी संस्कारमा बिशेष जोड दिनुपर्ने, धार्मिक संघ संस्था बीच कार्य गर्दा सहकार्य गर्ने, हिन्दू धर्म र संस्कृति माथि आक्रमण हुदा आ–आफ्नो क्षेत्र बाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।
साथै गुरुकुल स्थापन बारे जनजागरण गर्ने, गौ हत्या र तस्करी बारे आक्रमक कार्यक्रम गर्ने एवं संरक्षणका लागी रचनात्मक भूमिका निर्वाह गर्ने, लबजिहाद बारे ब्यापक जनचेतना जगाउने कार्य गर्ने, हाम्रो आस्था केन्द्र माथि बोलने र उत्तरीने समूह संग प्रतिकारको लागी तैयार रहने बिषय लगायतको सम्बन्धमा कार्य गर्न बक्ताहरुले जोड दिएका थिए

सम्बन्धित खबर

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

उपभोक्ता समिति गठनमा गडबडी, पर्यटन कार्यालयले सबै चिठी रद्द गर्‍यो

Aadarsh Daily