Aadarsh-Daily

पर्सा २ (ख) बाट प्रदेश सभा सदस्यमा बिपिन यादवकोदावेदारी

ad-4p

जनता समाजबादी पार्टी नेपालका केन्द्रिय परिषद सदस्य युवा नेता बिपिन यादवले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने बताएका छन् । विद्यार्थी जीवनबाटै राजनीतिक यात्राको आरम्भ गरेकायादवले पर्साको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।

content ad p2
content left

कुनै पनि लाभ हुने किसिमका पदमा नरहँदा पनि पार्टीभित्रको सक्रियताका कारण आफु उक्त क्षेत्रबाट जसपाको सक्षम उम्मेदवार भएको यादवको दावी छ ।आदर्श डेलीसँगको संवादमा उनले जनताको आधारभुत आवश्यक्ताहरुलाई परिपुर्ती गर्न सक्ने र जनताको माग बमोजिम गाउँ समाजको विकास गर्ने खुबी आफुमा रहेको जिकिर गरे ।

उनी भन्छन्, “अहिले जो जति लाभ हुने पदमा रहीरहनुभएको छ, उहाँहरुबाट खासै सन्तोषजनक काम केही पनि देखिएन । उहाँहरुभन्दा म राम्रो गर्न सक्छु भन्नेमा म बिश्वस्त छु ।”

 

सम्बन्धित खबर

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

लिलामका सामान सस्तोमा दिलाउने भन्दै ठगी : वीरगंजबाट प्रवीण पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily