Aadarsh-Daily

वीरगञ्जमा नेपाली कांग्रेसको चियापान

ad-4p

वीरगञ्ज, १८ पुष । वीरगञ्जमा नेपाली कांग्रेसको चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस पर्साले ४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

content ad p2
content left

नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य रमेश रिजाल, क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसिया, प्रतिनिधि सभा सदस्यद्वय प्रभु हजरा र बिना जैसवाल लगायतले सम्बोधन गरेका थिए ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसले आपसी मेलमिला र एकताको सन्देश दिने वक्ताहरुको भनाई थियो । हातहतियार नभई विचार र क्षमताको लडाई लडेपनि देश र जनताको हित हुने कुरामा सबै एकबद्ध र मेलमिलाप हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद चौधरी, संविधान सभा सदस्य अनिल रुंगटा, नेपाली कांग्रेस पर्साका उपसभापति अशोक कुमार गुप्ता, सचिव एवम् वीरगञ्ज महानगरपालिकाका उपप्रमुख ईम्तियाज आलम, सचिव दिनेश कुमार चौधरी, सहसचिवद्वय नविन सिंह, मदन यादव, कोषाध्यक्ष प्रेम बहादुर थापा लगायतको उपस्थिती रहेको पार्टीका प्रवक्ता रमेश पाण्डेले जानकारी दिए ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily