Aadarsh-Daily

नेशनल ईन्फोटेक क्रिकेट कपको उपाधी आयोजकलाई

ad-4p

वीरगञ्ज, ३० पुष ।  नेशनल ईन्फोटेक क्रिकेट कपको उपाधी आयोजक नेशनल इन्फोटेक कलेजले हात पारेको छ । रोचक प्रतिस्पर्धाका बिच ग्लोबल बिजनेस कलेजलाई ३ विकेटले पराजित गर्दै एन आई कलेजले उपाधि जितेको हो ।

content ad p2

नारायणी क्रिकेट रंगशालामा पुस १६ गतदेखि जारी एन आई क्रिकेट कपअन्तर्गत आजको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको ग्लोबल कलेजले निर्धारित २०ओभरमा सबै बिकेट गुमाएर १ सय ८ रनको योगफल तयार पारेको थियो ।

ग्लोबलका लागि सोनु कुमार लोहार र सिकन्द्र कुमार साहले उत्कृष्ट प्रदर्शन गरे । सोनुले २१ बलमा ३ चौका प्रहार गर्दै २२ रन बनाए भने सिकन्द्रले २३ बलको सामना गर्दै ३ चौकाको मद्दतमा २१ रन बनाए ।

content left

बलीङतर्फ नेशनल ईन्फोटेक कलेजका शेराजुल आलमले ४ विकेट लिए । ४ ओभरमा १ मेडन ओभर बनाएर १० रन खर्चिदै आलमले ४ विकेट लिँदा रन्जित कुमार, सोनु कुशवाह र शेख अबुबकरले १/१ विकेट लिए ।

नेशनल ईन्फोटेक कलेजले २० ओभरमा ७ विकेटकै क्षतिमा १ सय ९ रनको लक्ष्य भेटाउन सफल भयो ।  नेशनल इन्फोटेक कलेजका लागि राहुल हकले उत्कृष्ट प्रदर्शन गर्दै ३ चौकाको मद्दतमा ३९ रन बनाए । शेराजूल आलमले २ चौका र २ छक्का प्रहार गर्दै १६ बलमा २९ रन जोडे ।

ग्लोबलका सोनु कुमार लोहारले ४ ओभरमा १ मेडन ओभर बनाउँदै १७ रन खर्चिएर २ विकेट लिए । विराज कुमार आलेले पनि २ विकेट लिए भने रोशन कुमार साह र रोहन यादवले १/१ विकेट लिए ।

प्रतियोगितामा नेशनल इन्फोटेक कलेजका शेराजुल आलम प्लेयर अफ दी म्याच घोषित भएको नेशनल इन्फोटेक कलेजका प्रबन्ध निर्देशक ई. मनिष सिँहले जानकारी दिए ।

 

सम्बन्धित खबर

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily

रक्सौलबाट ल्याइएका अवैध ई–स्कुटरमाथि सशस्त्रको कडाइ, २२ थान नियन्त्रणमा

Aadarsh Daily

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily