
वीरगञ्ज — नारायणी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी पुनः डा. चित्तरञ्जन साहले पाएका छन्।
मेसु डा. चुमनलाल दासको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएपछि मन्त्रालयले डा. साहलाई पुनः निमित्त मेसुको जिम्मेवारी सुम्पिएको हो।

डा. दासलाई मेसु नियुक्त गर्नु अघि पनि डा. साह नै सो पदमा कार्यरत थिए। यसअघि पनि उनले अस्पतालको निमित्त मेसुका रूपमा कार्यसम्पादन गरिसकेका थिए।
मन्त्रालय स्रोतका अनुसार डा. साहको अनुभव र अस्पतालको सेवा निरन्तरता सुनिश्चित गर्न यो निर्णय लिइएको हो।

