Aadarsh-Daily

बहुअरीस्थित शारदा माविमा चिटचोरीको हाला असत्य भएको विद्यालयको स्पष्टीकरण

ad-4p

हालै सञ्चारमाध्यममार्फत बहुअरीस्थित श्री शारदा माध्यमिक विद्यालयमा सञ्चालित स्वास्थ्य सहायक (एच.ए.) परीक्षा केन्द्रमा चिटचोरी भइरहेको भन्ने हाला सार्वजनिक भएपनि विद्यालय प्रशासनले त्यसलाई पूर्णतया असत्य र भ्रमपूर्ण बताएको छ ।

content ad p2
content left

विद्यालयका प्रधानाध्यापक अनिलकुमार बर्नवालले जारी गरेको विज्ञप्तिमा परीक्षा अत्यन्तै व्यवस्थित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा भइरहेको स्पष्ट पारिएको छ । उहाँका अनुसार परीक्षक, निरीक्षक तथा कर्मचारीहरू पूर्ण जिम्मेवारीपूर्वक खटिएकाले विद्यार्थीहरूले पनि अनुशासनका साथ परीक्षा दिइरहेका छन् ।

प्रधानाध्यापक बर्नवालले मेहनती विद्यार्थीहरूको भविष्यसँग खेलवाड हुने कुनै पनि गतिविधि प्रोत्साहन नगर्ने विद्यालयको अडान रहेको भन्दै अभिभावक र सरोकारवालालाई भ्रममा नपर्न आग्रह गर्नुभएको छ । साथै, विद्यालय प्रशासनले पारदर्शिता कायम गर्न आवश्यक सम्पूर्ण तयारी गरिएको जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily