Aadarsh-Daily

वीरगञ्ज भन्सार क्षेत्रमा स्रोत नखुलेको २० लाख बढी रकमसहित एक जना पक्राउ

ad-4p

वीरगञ्ज  । वीरगञ्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल ले स्रोत नखुलेको २० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

content ad p2

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन् ।

content left

भारतको रक्सौल बाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार उनलाई भन्सार कार्यालय अगाडि रोकेर चेकजाँच गरिएको थियो ।

चेकजाँचका क्रममा मोटरसाइकलको सिटकभर मुनि लुकाएर राखिएको अवस्थामा नेपाली २० लाख २ हजार ५० रुपैयाँ र भारतीय ६ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद रकमको स्रोत खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

पक्राउ परेका तुराहालाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily