Aadarsh-Daily

देउवा–कोइराला समूहको कदमविरुद्ध कांग्रेसले आज बोलायो अनुशासन समिति बैठक

ad-4p

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। पार्टीभित्र पूर्वसभापति शेरबहादुर देउवाशेखर कोइराला समूहले समानान्तर गतिविधि अघि बढाएपछि अनुशासन समितिको बैठक बोलाइएको हो।

content ad p2

बैठक दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। पछिल्लो समय कांग्रेसभित्र विकसित घटनाक्रमलाई लिएर पार्टी नेतृत्व गम्भीर बनेको बताइएको छ।

content left

गत शनिबार कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्का ले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति जारी गरेका थिए। तर, विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा लाई निर्वाचन आयोग ले मान्यता दिइसकेको अवस्थामा खड्काको कदमप्रति पार्टी असन्तुष्ट बनेको हो।

यसैबीच खड्काले चैत १९ गते जिल्ला सभापतिको भेला बोलाएका छन् भने मंगलबार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकसमेत आयोजना गरेका थिए, जहाँ शशांक कोइराला लगायत नेताहरू सहभागी थिए।

यिनै विषयलाई लिएर आजको अनुशासन समिति बैठकमा गम्भीर छलफल हुने एक नेताले जानकारी दिएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily