Aadarsh-Daily

मालपोत पर्साका तत्कालीन ४ अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ad-4p

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

content ad p2
content left

मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीसहितका प्रतिवादीहरूले आर्थिक वर्ष २०७०/७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ बाट उठेको २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजस्व हिनामिना गरेको आरोप छ ।

अख्तियारले मिश्रसँग ३८ लाख ८० हजार ३६८, बोगटीसँग १ करोड १० लाख ६० हजार ५२४, अर्यालसँग २१ लाख ३८ हजार १६९ र कुर्मीसँग ९९ लाख १० हजार ५२५ रुपैयाँ बिगो दाबी गरेको छ ।

यस्तै, तत्कालीन नायब सुब्बा स्व. किरणप्रसाद उपाध्यायका हकमा उनका अंशियार छोराहरू राजकिशोरप्रसाद, गौतमप्रसाद, पशुपतिप्रसाद र मुरारीप्रसाद उपाध्यायसँग समेत उक्त रकम बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily