
पर्साको बहुदरमाई नगरपालिका–१ मा वडास्तरीय बजेटबाट निर्माण गरिएको श्री बौधीमाई आधारभूत विद्यालयको नयाँ भवन सम्पन्न भई उद्घाटन गरिएको छ।

भवन निर्माण वडा अध्यक्ष प्रमोद प्रसाद यादवको पहलमा सम्पन्न भएको हो। उद्घाटन मधेश प्रदेशका पूर्व मन्त्री तथा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले गरेका थिए।
कार्यक्रममा बहुदरमाई नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह तेली, वडा नं. ९ का अध्यक्ष रविन्द्र गुप्तालगायत जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो।
उपस्थित वक्ताहरूले नयाँ भवनले शिक्षा क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमका अन्त्यमा आयोजकले सहभागी सबैप्रति आभार व्यक्त गरेको छ।

