Aadarsh-Daily

रोहितको शतकले नेपाललाई जित, क्यानडा २४ रनले पराजित

ad-4p

कप्तान रोहितकुमार पौडेलको शतक प्रेरित प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्ध २४ रनको जित निकालेको छ। यो जितसँगै नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ।

content ad p2

ओमानको अल अमिरातमा भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमै अलआउट भयो। क्यानडाका आरोन जोहनसनले ४४ र समित गोहेलले ३५ रन बनाए।

content left

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालको इनिङ्स सम्हाल्ने क्रममा रोहितले १२५ बलमा १०१ रन बनाए। उनले आठ चौका र एक छक्का प्रहार गरे। योसँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्। गुल्सन झाले ४८ र बसिर अहमदले ३० रनको योगदान दिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र नन्दन यादवले दुई-दुई विकेट लिए।

जितपछि नेपालले ३३ खेलबाट २६ अंक जोडेको छ। पराजित क्यानडा २५ अंकसहित सातौँ स्थानमा छ।

सम्बन्धित खबर

प्रधानमन्त्री कप उपाधि त्रिभुवन आर्मीलाई, सुदूरपश्चिम ५ विकेटले पराजित

Aadarsh Daily

अम्पायरप्रति टिप्पणी महँगो पर्‍यो, करण केसीलाई एक खेल निलम्बन

Aadarsh Daily

एनपीएल : विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हरायो

Aadarsh Daily