Aadarsh-Daily

जिसस पर्साको निर्वाचनमा जसपा-एमाले गठबन्धनको प्यानल विजयी

ad-4p

जिल्ला समन्वय समिति (जिसस) पर्साको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेका साझा उम्मेदवार निरञ्जन सा (अजय)सोनार प्यानलसहित बिजयी भएका छन् ।

content ad p2

जिसस पर्साको शुक्रवार सम्पन्न निर्वाचनमा २ मतका अन्तारले सोनार प्रमुखमा निर्वाचित भएका छन् । उनले १५ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजजवादी पार्टी (लोसपा) का उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरेका छन् ।

content left

सोनार यसअघि भएको वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए ।

उपसभापतिमा एमोलका पुरण प्रसाद कुर्मी, सदस्यमा जसपाका बैजन्ती देवी, राजपति देवी, बिनय प्रसाद कुर्मी, एमालेका श्रीकान्ती देवी, सुशिला कामी, रामप्रसाद यादव, सलिम मियाँ अन्सारी निर्वाचित भएका छन् ।

अरु सबैले १५ मत पाउँदा जसपाका बिनय प्रसाद कुर्मीले भने १६ मत प्राप्त गरेको नेकपा (एमाले) पर्साका नेता शिव पटेल ले जानकारी दिए ।

पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये १ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामा प्रमुख र उपप्रमुख गरी २८ जना मतदाता रहेका थिए ।  जिल्लामा कांग्रेसबाट १२, एमालेबाट १०, जसपाबाट ५ र लोसपाबाट १ गरि कुल २८ प्रमुख–उपप्रमुख निर्वाचित भएका छन् ।

सम्बन्धित खबर

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily

रक्सौलबाट ल्याइएका अवैध ई–स्कुटरमाथि सशस्त्रको कडाइ, २२ थान नियन्त्रणमा

Aadarsh Daily

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily